समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गणतन्त्र दिवसका अवसर पारेर राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ कैदीको सजाय मिनाहा गरेकी छन् । विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको भण्डारीले मिनाहा गरेकी हुन् ।

Advertisement

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिदिएकी हुन् ।

Advertisement

राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article