समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए ।पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई उनले आईतबार राति कुटपिट गरेका थिए । घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् । प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थप अनुसन्धान अघि बढाइएको एसपी शर्माले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article