समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

Advertisement

यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् । यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, आठ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएको प्रहरीले जनाएको छ ।

Advertisement

बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आइसीयूमा उपचार भइरहेको र अस्वथा गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिए । रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article