समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

हल्दिबारी ,असार १७– खोटा मुद्रा बोकेको कसुरमा बिगत साँढे ७ महिनादेखि झापाको जेलमा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन नेपाली फोटोपत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे ) नेपाल मा आवद्ध रहेका फोटापत्रकारहरुले आर्थिक रकम संकलन गर्ने भएको छ ।

Advertisement

एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका फोटो पत्रकारको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न आर्थिक रकम संकलन गर्न लागिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तका अनुसार र्दुलभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम संकलन गर्न लागेको बताउनुभयो । ¬ नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसुर झापा जिल्ला अदालतले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

Advertisement

असार ९ गते सजाय ठहर गर्दै असार १६ गते गरिएको कसूर निर्धारण अनुसार चौधरीलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । मलुकुी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समय बाहेक बााकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि फोटो पत्रकार समूहले सहयोग रकम संकलन सुरु गर्न लागेको हो । संहिताको दफा १५५ (५) मा एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय पाई थुना वा कैदमा रहे बसेको विदेशी नागरिकले कैदको सट्टा रकम तिरी कैदबाट छुटकारा पाउन निवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

विदेशी नागरिकको हकमा प्रतिदिन ५ सय रुपैयाँका दरले हुन आउने रकम एकमुष्ठ तोकी त्यस्तो रकम बुझाएपछि थुनामुक्त हुन सक्ने कानुनी व्यवस्था रहेको छ । समूहका अध्यक्ष प्रदीपराज वन्तका अनुसार चौधरी हालसम्म ७ महिना १५ दिन कैदमा बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिवानावापतको १५ हजार रुपैयाँ गरी कुल ८२ हजार पाँचसय रुपैयाँ संकलन गर्न लागेको बताए ।

‘सम्भव भएसम्म पाचँ दिन भित्र नै उक्त रकम संकलन गरी कारागार कार्यालय झापामार्फत् झापा जिल्ला अदालतमा बुझाउन लागेका छौं,’ अध्यक्ष वन्तले भने । फाटो पत्रकारिता मार्फत जिविकोपार्जन गर्दै आएका चौधरी आर्थिक रुपमा समेत कमजोर रहेकाले रिहाइका लागि समूहले निरन्तर रुपमा सहयोग साथै मिडियामाफर्त आवाज उठाउदै आएको सर्वविदितै छ । यस समूहको निरन्तर प्रयासपछि झापा जिल्ला अदालतले अग्राधिकारमा राखेर मुद्धालाई किनारा लगाएको थियो । साथै चौधरीले भिडियो डकुमेन्ट्री बनाउने प्रयोजनका लागि सक्कली नोटमा हुनेभन्दा धेरै भिन्न गुण रहेको र नक्कली हो भनेर सजिलै पत्ता लगाउन सकिने एकै नम्बरका २ सय २६ थान अमेरिकी डलर जस्तो देखिने फोटोकपी पेपर प्रहरीले बरामद गरेको थियो ।

चौधरीले आफ्नो क्यामेरा, स्क्रीप्ट आदि सबै प्रहरीलाई देखाएको र प्रयोजन खुलाएको भएपनि प्रहरीले अनुमति नलिई ल्याएको भन्दै उनलाई पक्राउ गरी मुद्धा चलाएको थियो । २४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन् । सहयोगका लागि सस्थाको कोषाध्यक्ष सागर श्रेष्ठलाई सम्पर्क गर्न सक्नु हुनेछ । इसेवा आइडि –९८४१८५१९२५

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article