नेत्र बिक्रम बिमलि / झापा , १८ असार । झापाको कचनकवल गाउँपालिकामा बसोबास गर्ने मुस्लिम ,राजवंंसी तथा अति विपन्न १ हजार परिवारलाई बिएण्सि मेडिकल कलेज तथा पुर्वान्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको पहलमा आवास बनाई दिने भएको छ ।

युएई सरकारले झापा क्षेत्र नम्बर ३ का करीब १ हजार परिवारलाई ५ लाख मुल्य बराबरको आवास बनाउने गरी डिपिआर सुरु गरीएको निर्देशक प्रसाईले बताउनु भएको छ ।


हिजो असार १८ गते ( शनिबार ) युएई दूतावासका कर्मचारीहरुले जलथल जङ्गल , नेपालको होचो भुभाग कचनकवल , किच्कबध र हल्दिवारीको भेलागढि सहिद स्मारक पार्कको स्थलगत निरीक्षण गरी फर्किएका छ्न ।
निर्देशक प्रसाईका अनुसार पहिलो चरणमा यहि मंसिर ,पुस देखि कचनकवलका अति विपन्न ,मुस्लिम ,राजवन्सि ,सन्थाल समुदायका १ हजार परीवारलाई लक्ष्यित गरी घर बनाउन शुरु हुने छ । उनिहरुलाई आवासको साथै शुद्ध खानेपानीको समेत व्यवस्था मिलाईनेगरी डिपिआर तयार गरी यसै साता एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रसाई सहितको टोलि युएई जाने कार्यक्रम रहेको छ ।
केहि समय अगाडि दुबईका अधिराजकुमार जुमा अल मकतुम र बिएण्सि बीच विविध परियोजनामा लगानी गर्ने बिषयमा सम्झौता समेत भएको थियोे ।
