शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन)ले अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । एन प्याब्सनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अमर, अशक्त तथा आर्थिक रुपले विपन्न प्रहरी कर्मचारीका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्नेबारे आज नेपाल प्रहरी श्रीमती सङ्घसँग सम्झौता गरेको छ ।

Advertisement

सम्झौतापत्रमा एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने र नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष कुशुमलता सिंहबीच हस्ताक्षर भएको छ । एन प्याब्सन आबद्ध विद्यालयमा पढाउने विद्यार्थीलाई भने नेपाल प्रहरी श्रीमती सङ्घले सिफारिस गर्नुपर्ने हुन्छ । एन प्याब्सनमा आवद्ध एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने जनाइएको छ ।

Advertisement

कार्यक्रममा एन प्याब्सनका सहअध्यक्ष न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अमर प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको जानकारी दिनुभयो । उहाँले एन प्याब्सन अन्तर्गत देशभर तीन हजार ५०० विद्यालय आवद्ध रहेको बताउँदै एक विद्यालयले एक अमर तथा अशक्त प्रहरी परिवारका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने बताउनुभयो । सहअध्यक्ष न्यौपानेले एन प्याब्सनले शिक्षाको माध्यमबाट समाजमा गर्नुपर्ने दायित्व पूरा गर्दै आइरहेको बताउँनुभयो । गुणस्तरीय शिक्षाका लागि एनप्याब्सनले सङ्घसँग सहकार्य गरेको उहाँको भनाइ छ ।

सङ्घका अध्यक्ष सिंहले देश विकासका लागि राष्ट्रसेवक प्रहरी कर्मचारीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एन प्याब्सनले सहकार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आर्थिक रुपले विपन्न तथा अमर प्रहरीका छोराछोरीमध्ये प्रत्येक वर्ष एक विद्यार्थीलाई निःशुल्क तथा अरु विद्यार्थीलाई भर्नामा मिनाहा गर्ने निर्णय सकारात्मक रहेको बताउनुभयो । तल्लो दर्जामा कार्यरत प्रहरी कर्मचारीका परिवारलाई उक्त सेवामा प्राथमिकता दिने उहाँको भनाइ छ ।

सङ्घले यसअघि स्वास्थ्य उपचारमा छुट पाउनेसम्बन्धी चितवन मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ । आगामी दिनमा प्याव्सन र अन्य निकायसँग सहकार्य गर्दै जाने अध्यक्ष सिंहले बताउनुभयो । सोही कार्यक्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, पूजा चौधरी, दुर्गा सिंह र किरण राणाको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article