हल्दिवारी ,१९ असार । हल्दिवारी गाउँ पालिका ४ मा आज परेको चट्याङमा भिम प्रसाद खनालको ७० हजार मुल्यको गाईको मृत्यु भएको छ ।

स्थानीय कुमार बजगाईका अनुसार आज दिउसो २ बजे तिर परेको चट्याङ मा खनालको बियाउने गाईको मृत्यु भएको हो ।
हल्दिवारी गाउँ पालिका को केन्द्रिय कार्यलय

भएको ठाउँमा परेको चट्याङले गाउँ पालिकाको नवनिर्मित भवनमा समेत लाखौंको नोक्सानी भएको थियोे ।
बर्षा याम शुरु भए यता हल्दिवारी गाउँपालिका भित्र चट्याङले लाखौंको नोक्सानी भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले बताउनु भएको छ ।