समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रामेछाप बस दुर्घटना :मृतकको संख्या नौ पुग्यो, गम्भिर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याँइदै

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या नौ पुगेको छ । आज बिहान रामेछापको सुनापति गाउँपालिका९ २ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न।को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना भएको हो ।

मृत्यु हुनेमा चार महिला र ५ पुरुष रहेका छन् । मृतकको भने पहिचान भएको छैन । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दिएको जानकारी अनुसार उक्त बसमा ३० जना यात्रु स वार रहेका थिए ।

दुर्घटनामा परि घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको उनले बताए ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)