काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह बिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।

भेटमा मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको बताइएको छ ।

त्यस्तै फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको बताइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार सार्वजनिक यातायात गर्नेबारे तथा ट्राफिक व्यवस्थापनबारे पनि छलफल भएको बताइएको छ ।