समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘नेपहपको श्रीपेच’ को फाइनलमा मेयर बालेन्द्र साह झ्याप भएको भिडियो भाइरल !

काठमाडौंका मेयर बालेन्द्र साहको नेपहपको श्रीपेच’ को फाइनलमा झ्याप भएको केही सेकेन्डको भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा साहको बोली र हाउभाउलाई हेरेर धेरैले ‘मेयर झ्यापमा’ भन्दै टिप्पणी गरिरहेका छन् ।

Advertisement

र्‍याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ को गत शनिवार भएको ग्रान्ड फाइनलमा उपस्थित भएका उनी फाइनलमा स्टेज पटक पटक उभिँदा बालेनको बडी ल्याङ्वेज अलिक अस्वाभाविक देखिएको थियो । उनको बोली केही लरबराएको र शरीर पनि अलि असन्तुलित थियो ।

Advertisement

त्यसैले उनी त्यसबेला रक्सीले मातेको र राम्रोसँग बोल्न नसकेको धेरैले अनुमान गरेका छन् । कुनै पनि कार्यक्रम होस वा अन्तरवार्तामा सँधै अनुसासित बन्ने र देखिने उनको यस्तो भिडियो बाहिर आएपछि उनका प्रशंसक दुखी बनेका छन् ।

कार्यक्रमको लाइभ प्रशारण हुँदा नै ‘मेयर झ्यापमा’ भन्दै अत्यधिक कमेन्ट आएका थिए । उनले थकानका कारण शरीर र आवाज अलिकति असन्तुलित भएको हुन सक्ने उनका निकट सहयोगी कुमार बेनले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article