समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८र७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या १३ हजार ६४८ पुगेको छ ।

Advertisement

केन्द्रका अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योगसमेत गत आर्थिक वर्ष २०७७र७८ भरमा जम्मा ४ हजार ८८२ कालोसूचीमा परेका थिए । गत आवको तुलनामा चालू आवमा कालो सूचीमा पर्नेको संख्या करिब १८० प्रतिशतले बढेको छ । न्युज कारखाना

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article