समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भारतमा एकै दिन १८ हजार कोरोना संक्रमित भेटिए,कुल संक्रमितको संख्या ४ करोड ३६ लाख भन्दा बढि

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ । कुल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीब्रता दिँदै आएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article