समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

विराटनगरमा ट्याङ्करको ठक्करबाट साइकलयात्री विजयको मृत्यु,ट्याङ्कर सहित चालक प्रहरी नियन्त्रणमा

मोरङको विराटनगर महानगरपालिका–१४ मा हिजो बेलुका ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् ।

Advertisement

ठक्करबाट गम्भिर घाइते भएका बानियाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख १८३४ नम्बरको ट्याङ्करले हिजो बेलुका सवा ८ बजे बानियालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article