समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध

पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् । बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

Advertisement

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अस्थाइ प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article