हल्दिबारी असार २९ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बिर्तामोड मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले युएईका विभिन्न वर्षैदेखि अलपत्र परेको१६ जना नेपालीको शव नेपाल ल्याउन लगेको बताउनु भयो ।

बुधवार राजधानीमा सञ्चारकर्मीहरू सँग बोल्दै उहाँले यस्तो बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालीहरूको यो पीडा देखेर म दुबईमा रहेका बेलामा यो अभियान सञ्चालन गर्ने निधो गरेको थिए । यी १६ जनाको शव नेपाल ल्याउने तयारी स्वरूप त्यहाँ रकम समेत बुझाएको छु ।’


युएईका राजदूत श्रमको कोटा बेचेर बस्ने, नेताहरू भाषण मात्रै गर्ने चार चार वर्षदेखि मृत्यु भएका नेपालीको शव विदेशमा अलपत्र पर्दा समेत चासो नदिने भनेपछि यो देशमा आम नागरिकका समस्यामा कसैको पनि चासो नभएपछि आफू लाग्नु परेको उहाँले बताउनु भयो । उहाँले जन्मकैद अपराधबाहेक अन्य नेपालीलाई नेपाल फिर्ता ल्याउनको लागि पहल गर्न लागेको बताउनु भयो । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले सरकारले सहयोग नगर्नुमा उहाँले दुखेसो पोख्नु भयो । उहाँले वैदेशिक रोजगारीबाट आएका रेमिटेन्स र पैसा नेपाल सरकारले लिने तर जनतालाई आपत् पर्दा बेवास्ता गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालबाट ५५ जना व्यापारी र पाँच जना नेता केही समयपछि नेपाल छोडेर भाग्ने छन् ।, नेपालमा अहिले विदेशी मुद्रा सञ्चिति कम हुनुको कारण नेपालमा भएका ५५ जना व्यापारीले नेपालबाट ठुलो मात्रामा रकम विदेश लगेका हुनाले नेपालमा विदेशी मुद्रा कमी भएको हो ।’ नेपालमा व्यापार गर्ने व्यापारीहरूको सम्पत्ति नेपालमा नभएको र उनीहरूले व्यापार गर्न नेपालका २७ वटा वाणिज्य बैङ्कको करिब ८२ प्रतिशत रकम समेत प्रयोग गरेको उहाँले आरोप लगाउनु भयो ।
उहाँले भन्नु भयो, ‘नेपालमा व्यापार गर्ने ५५ जना व्यापारीले आफ्नो सम्पत्ति विदेशमा लगेर राखिसकेका छन् भने नेपाल उनीहरूको ऋण मात्रै छ ।’