समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवल गा‍.पा. ले निकाले १८ जना कर्मचारी, नयाँ नियुक्ति गर्छन् भने ,प्रतिकार हामी गछौं –सन्तोष खतिवडा

हल्दिबारि। दक्षिणी झापाको कचनकवल गाउँपालिकाले करारमा सेवा कार्यरत १८ जना कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति दिएका १८ जना कर्मचारीको चालु आर्थिक वर्षको साउन १ गतेदेखि करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

Advertisement

करार सम्झौता म्याद थप नगर्नेको सूचिमा इन्जिनियर अमित ढुङ्गाना, सब- इन्जिनियर देवीप्रसाद थपलिया, असिस्टेन्ट सब-इन्जिनियर सन्तोष खतिवडा, कम्प्युटर टेक्निसियन मुन्ना आलम, अमरसिंह राजवंशी, सहायक कम्प्युटर टेक्निसियन अमरसिंह राजवंशी,  हलुका सवारी चालक सोमनाथ बराल, हलुका सवारी चालक तुलसीप्रसाद यादव, अनवर आलम कार्यालय सहयोगी, चौकीदार राजेशकुमार गणेश, चौकीदार अलबारुल हक, प्रशासन सहायक राधिका पौडेल रहेका छन् ।

Advertisement

त्यस्तै सुपरिवेक्षक ९गणक०तर्फ कृष्ण चौधरी, टेकनारायण गणेश, दीपककुमार राजवंशी, वविता अधिकारी, लयवती राजवंशी, रेखा राजवंशी र रजाक मियाँ रहेका छन् । सुपरिवेक्षकहरूको ६ महिने करार म्याद दुई महिना अघि  सकिएको हुनाले उनीहरूको पनि म्याद नथप्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

सुपरिवेक्षकबाहेक अन्य ११ जना करार सेवाका कर्मचारीहरू लामो समयदेखि गाउँपालिकामा काम गर्दै आइरहेका थिए । गाउँपालिकाले ती कर्मचारीहरूको बर्से पिच्छे एक वर्ष म्याद थप गर्दै आइरहेका थिए । तर, यस पल्टको कार्यपालिकाको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि करार सेवाका कर्मचारीहरू असन्तुष्ट देखिएका छन् ।

गाउँपालिकामा यसअघि राप्रपाको बहुमतको सरकार थियो । २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनपछि गाउँपालिकामा काँग्रेसको बहुमत सरकार बनेको छ । काँग्रेसलाई नेकपा ९एमाले० को समर्थन छ । राप्रपाका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीहरू काँग्रेस जनप्रतिनिधिले छानिछानी हटाएको देखिन्छ । असार २२ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय बिहीबार मात्र करारका कर्मचारीले थाहा पाए । गाउँपालिकाले सात दिनसम्म सो निर्णय लुकाएर राखेका थिए ।

कर्मचारीले बुझाए ध्यानाकर्षणपत्र

गाउँपालिकाले बिना जानकारी करार सेवाका कर्मचारीलाई निकाल्ने निर्णय गरेसँगै असन्तुष्ट बनेका करार कर्मचारीहरूले शुक्रबार गाउँपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

गाउँपालिकाले विभिन्न तहमा १५० जना बढी करारका कर्मचारी नियुक्ति गरेको छ । त्यसमध्ये केही कर्मचारीहरूको मात्र करार सम्झौता नहुने भनी कार्यपालिकाको बैठकले गरेको निर्णयप्रति असन्तुष्ट बनेका उनीहरूले घोर आपत्ति जनाएका छन् । उनीहरूले गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई शुक्रबार बिहान सो ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

पत्रमा भनिएको छ, करार सम्झौता थप नहुने निर्णय गर्दा छनोट आधार के राखियो, कारण के हो रु, आगामी दिनमा उक्त रिक्त पदमा कर्मचारी नियुक्ति गरिन्छ कि गरिँदैन रु, स्थानीय सरकारलाई जस्तोसुकै निर्णय गर्ने अधिकार छ रु प्रमुख प्रशासकीय अधिकृतले निर्णय कार्यान्वयन गर्दा गर्न मिल्ने, नमिल्ने कुरा छलफलमा राखेर आफ्नो राय पेस गर्नु पर्दैन रु कसैसँगको व्यक्तिगत प्रतिसोध राखेर करार सम्झौता भङ्ग गर्न मिल्छ रु यतिका वर्षसम्म यस पालिकामा हाम्रो ऊर्जावान् समय नष्ट भएको कुरा सर्वविदित नै छ ।

सोबाट हामी लगायत हाम्रो घरपरिवारलाई पर्न गएको क्षतिको मुल्याकंन कसरी गरिन्छ सो सम्बन्धमा जानकारी गराइदिनुहुन सम्बन्धित निकायलाई आग्रह गर्दछौँ । गाउँपालिकाले पूर्वग्राही ढङ्गले मलगायत केही साथीहरूलाई जागिरबाट निकालेको भन्दै असिस्टेन्ट सब इन्जिनियर सन्तोष खतिवडाले भने, ‘हामीले काम गरिरहेको ठाउँमा स्थायी कर्मचारी ल्याउँछन् भने केही आपत्ति रहँदैन’ । ‘हामीलाई हटाएर फेरि करारमा नयाँ कर्मचारी नियुक्ति गर्छन् भने त्यो प्रक्रिया गलत हुन्छ, त्यसको प्रतिकार हामी गछौं,’ उनले भने । Timesofpradesh.com

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article