समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

गाउँपालिकाका कर्मचारी ३० हजार घूससहित पक्राउ

श्रावण ई – कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आज रु ३० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Advertisement

Advertisement

अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका थिए । अख्तियारले उक्त विषयमा गहन अनुसन्धान पनि अघि बढाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article