समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने

हल्दिबारी, ७ साउन । संखुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ। मलामी पुगेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको हो।

Advertisement

नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिए।

Advertisement

गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ, वडा नम्बर ९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो।

यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताए। गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताए।

४४ जना मलामी बोकेर फर्किंदै गरेको को२त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article