हल्दिवारी ,८ साउन । भद्रपुर नगरपालिका झापाले आफ्ना नगरवासी विपन्न ,अति विपन्न , क्यान्सर ,मृगौला रोगी लाई रगत चडाउदा लाग्ने शुल्क तिरीदिने भएको नगर प्रमुख गणेश पोख्रेलले बताउनु भएको छ ।



बिरामी भइ मेची अस्पतालमा उपचाररत विपन्न परीवार लगायत ,क्यान्सर र मृगौला रोगी बिरामी हरुले रगत चडाउदा लाग्ने शुल्क नगर पालिकाले तिर्ने गरी आज नेपाल रेडक्रस सोसाइटी र नगरपालिका बीच सम्झौता भएको छ ।
अस्पतालको सिफारिस पछि नगरपालिकाबाट निशुल्क रगतको लागि गरीएको सिफारिसका आधारमा रेडक्रसले रगतमा लाग्ने शुल्क लिनेछैन भने रगतको व्यवस्थापन भने आवस्यकता अनुसार बिरामीको परीवारले नै गर्नु पर्ने हुन्छ ।