समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल रेडक्रसको आर्थिक हिनामिना : जनप्रतिनिधिहरुको समेत मिलेमतो रहेको एमाले हल्दीबारीको आरोप ।

नेपाल रेडक्रस सोसाइटी, उपशाखा जलथलको लाखौं रकम हिनामिना भएको घटनामा वर्तमान जनप्रतिनिधिहरुको समेत मिलेमतो रहेको नेकपा एमाले हल्दीबारीले आरोप लगाएको छ ।

Advertisement

Advertisement

गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै निवर्तमान कार्यसमितिका सभापति विष्णु प्रसाद उप्रेतीको नामबाट रकम झिकेर हिनामिना गरेको भनिए पनि कुनै पनि संस्थाको बैंक खाता संचालन अध्यक्ष, सचिव र कोषाध्यक्षको दस्तखतबाट संचालन हुने साथै खर्च गर्दा बार्षिक साधारणसभाबाट बजेट, नीति तथा कार्यक्रम पारित गरेर मात्र खर्च गर्नु पर्ने भएकोले कुनै एक व्यक्तिले मात्रै रकम हिनामिना गर्न नसक्ने भएकोले निवर्तमान कार्यसमितिका पदाधिकारीहरु समेतको मिलेमतो रहेको बताएका छन् ।

निवर्तमान कार्यसमितिका उपसभापति लक्ष्मीदेवी मैनाली हाल हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष रहेको, सचिव भगिरथा दाहाल, हाल कार्यपालिका सदस्य रहेको र कोषाध्यक्ष सुरेन्द्र बारकोटी हाल हल्दीबारी-४ को वडा सदस्य रहेकोले निजहरु समेतको मिलेमतोमा रकम हिनामिना भएकोले सत्यतथ्य छानवीन गरि दोषि उपर कारवाहिको माग गर्दै नेकपा एमाले हल्दीबारीले आज प्रेस विज्ञप्ति जारी गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article