खेलकुद
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

दोस्रो अध्यक्ष – उपाध्यक्ष कप खेलकुद प्रतियोगिताको आन्तरिक मामिला तथा कानुन मन्त्रीले उद्घाटन गर्दै

हल्दिवारी गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष तथा उपाध्यक्ष कप खेलकुद प्रतियोगिताको माघ १० गते शुक्रबार एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्किले उदघाटन गर्नु हुने भएको छ ।

Advertisement

हल्दिवारी १ स्थिति जनजागृती माविको प्राङ्गणमा हुने उक्त प्रतियोगितामा गाउँपालिका भित्रका सामुदायिक तथा निजि गरि १९ वटा विद्यालयले भागलिने गाउँ शिक्षा शाखा प्रमुख राम बहादुर दाहालले जानकारी दिनु भएको छ।

Advertisement

अध्यक्ष तथा उपाध्यक्ष कप प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च हुने बताइएको छ । रास्ट्रपति कपलाई मध्य नजर गर्दै गाउँ पालिकाले गत बर्ष देखि अध्यक्ष – उपाध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article