हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

१२ बर्षिय बालिका बलात्कार घटनामा बाल क्लबले गर्‍यो बिरोध प्रदर्सन

हल्दिवारी, ११ साउन । हल्दिवारी गाउँपालिका वडा नम्बर २ कि १२ बर्षिय बालिकालाई बलात्कार गरीएको घटना प्रति उज्यालो बाल क्लब हल्दिवारीले बिरोध प्रदर्सन गरेका छ्न ।

Advertisement

वडा कार्यालय २ र स्थानीय प्रहरी चौकी हल्दिवारीलाई ज्ञापनपत्र बुझाएर उनिहरुले वडा कार्यालय हुँदै पाराखोपी बजार बाट हल्दिवारी स्कुल चोक सम्म विभिन्न नारा लेखिएको प्ले काड सहित जुलुस प्रदर्सन गरी कोण सभा गरेका थिए ।

Advertisement

कोणसभा लाई वडा अध्यक्ष सुकलाल राजवंशिले सम्बोधन गर्दै आफु बालबालिका को पक्षमा रहेको र दोषीलाई हदै सम्मको कार्वाही हुनुपर्ने बताउदै ,अपराधी जोगाउन कोही लाग्छ भने त्यो भन्दा ठुलो अपराध र अपराधी कोहि नहुने भएकोले सबैले दबाब पुर्ण कार्यक्रमका साथ अगाडि बड्नु पर्ने बताए ।

क्लबका अध्यक्ष अनुप ससाङ्करले बालबालिकाको सुरक्षामा गाउँ पालिकाले एक शब्द पनि नबोलेकोमा खेद प्रकट गरे  । बिरोध कार्यक्रममा हल्दिवारी गाउँपालिका भित्रका ६० विद्यार्थी भाई बैनि हरुको उपस्थित रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)