हल्दिबारी, ११ श्रावण । हल्दिबारी उद्योग बाणिज्य संघले वडा नं. २ की १२ बर्षीय बालिका बलत्कार घटना प्रति घोर भर्सना गर्दै दोषीलाई कार्वाही तथा पिडित बालिकालाई उचित क्षतिपुर्ती सहितको ब्यवस्थाको माग गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । संघले प्रेस विज्ञप्तीमा भनेको छ
हल्दिबारी गाउँपालिका वडा नं.२ बस्ने १२ बर्षीया बालिकालाई बलत्कार गरि, बालिकाको २८ हप्ताको गर्भ समेत रहेको खबरले हल्दिबारी उद्योग बाणिज्य संघ स्तव्ध भएको छ । स्थानिय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका प्रति भएको जघन्य अपराध प्रति खेत ब्यक्त गर्दछौं । बालिकालाई मानसिक तथा शारिरिक यातना दिदै छिमेकिबाट भएको यो घटना निन्दनिय रहेको छ ।
बालिका बलत्कारीलाई नेपालको कानुन अनुसार कडा भन्दा कडा कारबाहि तथा बालिका लाई उचित क्षतीपुर्ती समेत दिलाउन सम्बन्धित निकायको ध्यान आकर्षण गर्दछौं । बलत्कार आरोपीलाई प्रहरिले पक्राउ गरि हिरासतमा लिएको र बालिकाले छिटै न्याय पाउनेमा हामि विश्वस्त छौं । हल्दिबारी उद्योग बाणिज्य संघ यस्ता घटनाको सधै बिपक्षमा रहेको र दोषीलाई कार्वाहि गर्नको लागि बालिको परिवारको पक्षमा रहेको समेत अवगत गराउँद छौं ।
