समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

दुर्गा प्रसाईले दिए कचनकवल  देलेगाउँ घटनाका पीडित परिवारलाई नगद सहित खाद्य सामाग्री   

झापा ,१२ साउन । बि एण्ड सि अस्पतालका कार्यकारी निर्देशनक तथा एमालेका केन्द्रिय सदस्य समेत रहेका दुर्गा प्रसाईले कचनकवल घटनाका पीडित परीवारलाई नगदसहित खाद्य सामाग्री उपलब्ध गराएका छ ।
सामूहिक झुन्डिएको अवस्थामा भेटीएका किशोरीहरु  कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पनाको परीवारजनलाई अस्पतालका प्रतिनिधि  सहितको टोलीले
नगद २०/२० हजार ,चामल ६०/६० केजी ,दाल ५/५ केजि ,तेल ७ /७ लिटर प्रति परिवार  सहयोग गरेको अस्पतालका समन्वय कर्ता दिपेस भट्टराई बताए ।
कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको  देलेगाउँस्थित   सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा भेटीएका किशोरीहरुको  परिवार अती विपन्न रहेको र काम गर्ने छोरीहरुकै मृत्युले परिवारलाई परेको दु:खद घडीमा युएईमा रहेका निर्देशक प्रसाईले राहत उपलब्ध गराउन अस्पताल लाई भनेपछि अस्पतालका समन्वय कर्ता दिपेस भट्टराई सहितको टोलि राहत सामाग्री लिएर उनीहरुको घरघरमा पुगेको थियोे ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)