समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बाहुनडाँगीमा करेन्ट लागेर भद्रपुरका गणेशको मृत्युु

झापा । बाहुनडाँगीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ७ अन्जनीमोड बेलचोकनिवासी ३८ बर्षिय भोटलाल गणेश  रहेको प्रहरी श्रोतले बताएको छ ।

Advertisement

प्रहरीका अनुसार बिहीबार दिउँसो साढे ४ बजे मेची नगरपालिका – ४ आमडाँगी स्थित इलाम टी–प्रोड्युसर प्रा.लिको निर्माणाधीन भवन देखि अन्दाजी ३ सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

Advertisement

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुर पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए । उनी सोही निर्माणाधीन भवनमा कामदारको रुपमा काम गर्दै आइरहेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article