समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रसाईले युएईमा अलपत्र परेकी घाइते जानकीलाई उद्दार गरी नेपाल ल्याउदै

हल्दिबारी, १८ श्रावण । युएईमा २ महिना अधि सडक दुर्घटनामा परी घाइते भएकी जानकी थापामगरलाई उद्दारगरी भोलि नेपाल ल्याउन लागेको बिएण्सि मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनु भएको छ ।

Advertisement

कैलाली जिल्लाको घोदावरी ४ घर भएकी थापा मगरको सडक दुर्घटना परी कोमामा समेत पुगेर अलपत्र अवस्था रहेको युएई भ्रमणमा रहेका एमालेका केन्द्रिय सदस्य समेत रहेका प्रसाईले निजि खर्चमा उनलाई उद्दारगरी भदौ १९ गते भोलि नेपाल ल्याउन लागेको बताउनु भएको छ ।

Advertisement

युएईमा अलपत्र अवस्थामा रहेका नेपालीहरुको लास आफ्नै खर्चमा नेपाल ल्याउन थालेका प्रसाईले नेपालमा मेडिकल कलेज संचालन गर्न सबै प्रक्रिया सकिदा समेत अनुमति नपाएपछि दुबईका राजकुमार संगको सहकार्यमा युएईमा मेडिकल कलेज खोल्ने बिषयमा युएई पुगेका प्रसाईले करोडौं खर्च गरेर नेपाली हरुको उद्दार गर्न शुरु गरेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article