समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निणर्यमा निर्वाचन गर्न तयार छौं : निर्वाचन आयोग

हल्दिबारी १९ साउन । सरकारको एकै चरणमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने निणर्यलाई निर्वाचन आयोगले स्वागत गरेको छ ।

Advertisement

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारले तोकेको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार भएको बताए ।

Advertisement

थपलियाले अब शुक्रबारबाट नै मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने भन्दै दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया गरिने बताए । स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरीलाई सच्याएर स्वच्छ,निष्पक्ष गर्ने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article