हल्दिबारी, २० श्रावण । मेचीनगर नगरपालिका-७ स्थित पालिया खोलामा शुक्रबार एक नवजात शिशुको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिण पालिया खोलामा शिशुको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।


शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।
janasamsad