समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल जङ्गलमा हात्ती आतंक र मानव सुरक्षाको पहल मेरो पहिलो प्राथमिकता : काङ्ग्रेस नेता सिटौला

हल्दिबारी, २० श्रावण । जलथल जङ्गल मा लगाइएको हात्ती छेकवार मर्मत नहुदा जलथल जङ्गलमा हात्ती आक्रमण दिनहु बड्दै गएको भन्दै २२ वटै सामुदायिक बनका प्रतिनिधिहरुले नेपाली काङ्ग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री कृस्ण प्रसाद सिटौलालाई भेटी बन र समुदाय लाई बचाउन अनुरोध गरेका छ्न ।

Advertisement

नेता सिटौलाले हात्ती आतंक र मानव सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आफुले काम गर्ने बताएको उनिहरुले बताए । नेता सिटौलाकै पहलमा ८ करोड को टेण्डर प्रक्रिया अन्तरगत एसिया कै जैविक विविधता भएको जलथल जङ्गलको वरिपरि सोलार फेन्स बिधुतिय तारवार लगाइएको थियोे ।

Advertisement

सामुदायिक बन अधिकार कर्मि तुलसी ढ्कालका अनुसार तारवार लगाएपनि यसको उचित व्यवस्थापन र सम्बन्धित निकायलाई हस्तान्तरण नहुदा संरक्षणमा कठिनाइ उत्पन्न भएको छ । ६३ सय हेक्टरमा फैलिएको जलथल जङ्गल हुदै गाउँमा हात्तीले पुर्याएको जनधनको सुरक्षा गर्नको लागि नेता सिटौलाले नै पहलकदमी गरेको र उहाँ बाटै मात्र मर्मत सम्भार र समुदाय लाई हस्तान्तरण गर्न सक्ने भएकोले आज सामुदायिक बनका अगुवा हरु उहाँ लाई भेट्न निवासमै पुगेको अर्का बन अधिकार कर्मि शन्तलाल मेचे बताउँछन् ।

नेता सिटौलाले तत्काल सामुदायिक बनका अगुवा हरुको अनुरोध लाई सम्बोधन गर्दै भदौ को पहिलो हप्तादेखि बजेट सहितको मर्मत सम्भार र बन समिति हरुलाई हस्तान्तरण गर्न बन मन्त्रालयलाई अनुरोध गरेको र भदौको पहिलो हप्ता देखा काम हुने आश्वासन मन्त्रालयबाट आएकोमा उनीहरुले खुसी व्यक्त गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article