हल्दिवारी ,२१ साउन । सिटिजन्स बैंक हल्दिवारी शाखाले बैंकको एटीएम बिगि्रएको भन्दै १० दिनदेखि बन्द गर्दा यहाँका व्यवसाय गर्ने देखि सर्वसाधारण सेवाग्राहीले समेत सास्ती भोग्नु परेको छ ।

साधारण तय बैंकहरुले एटीएम मार्फत २४ औं घण्टा सेवा दिनु पर्नेमा यहाँको एटीएम १० दिन बितिसक्दा समेत संचालित नहुदा यहाँका सेवाग्राहीहरु बिर्तामोड ,चन्द्रगढि ,भद्रपुर जान बाध्य भएका छ्न ।

आफुलाई आवस्यक परेको बेला एटीएम प्रयोग गर्न समेत नपाएका सेवा ग्राहिहरुले बैंक प्रति विस्वास कसरी गर्ने भन्दै प्रश्न समेत गरेका छ्न ।
प्रदेश १ मा सबैभन्दा बढी सेवाग्राही रहेको सिटिजन्स बैंकले यस विषयमा गम्भीर भएर सोच्न आवस्यक रहेको देखिन्छ ।
