समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु

बनियानि , २२ श्रावण । झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलबाट गणेश घर तर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा साइकलबाट लडेर घाइते भएका  थिए  ।

घाइते गणेशलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएकोमा  उनको उपचारकै क्रममा मृत्यु  भएको प्रहरीले जनाएको छ  । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । फाइल फोटो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article