समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै भोलि देशभरिका नासु बिदामा बस्ने

हल्दिबारी, २३ साउन । असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै नायव सुब्बा तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै नासु कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोषणा गरेका छन् ।

Advertisement

Advertisement

निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले दिएको जानकारी अनुसार नासु कर्मचारीहरुको भेलाले भोलि देशभरीका नासु बिदामा बस्ने निर्णय गरेका छन् । आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा नासु कर्मचारीहरुले आन्दोलन गरेका थिए ।

थप आन्दोलनका थप कार्यक्रम भोली तय गर्ने बताएका भट्टराईले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गर्ने बताएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article