समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

तीनबुदे सहमति प्रति राज्य इमानदार नभए चरम संघर्ष गर्ने नेकपा झापाको चेतावनी

हल्दिबारी, २७ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाको विशेष जिल्ला बैठक पार्टी कार्यालय विर्तामोडमा महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।

Advertisement

पार्टीको जिल्ला सचिव प्रशान्त थापाको सञ्चालन तथा अध्यक्षतामा सम्पन्न उक्त विशेष बैठकमा पार्टीका जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमन लिम्बूको उपस्थितिमा सम्पन्न भएको हो ।

Advertisement

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले तिनवुदे सहमति विपरीत पार्टीका महासचिव सहित दर्जनौं नेताकार्यकर्ताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि पार्टीको केन्द्रीय कमिटीको विशेष बैठक बसेको थियोे । उक्त केन्द्रीय विशेष बैठक पश्चात् बसेको जिल्ला बैठकले सरकारको गलत हर्कतका विरुद्ध संघर्ष गर्ने र नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध गरिने षड्यन्त्र मान्य नहुने बताएको छ।

उक्त बैठकलाई सम्बोधन गर्दै इन्चार्ज लिम्बूले यो राज्यसत्ताले जनताको मुद्दा र एजेन्डा बोकेको नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध अमेरिकी दलालहरुको इशारामा षड्यन्त्र रचिरहेकाे बताउँदै राष्ट्रघातका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी जस्तोसुकै संघर्ष गर्न तयार रहेको चेतावनी दिएका छन्,।

तिनवुदे सहमति प्रति पार्टी इमानदार रहेको बताउँदै लिम्बूले गठबन्धनको सरकारले इमानदारीपूर्वक सम्झौता कार्यनयनको माग गर्दै अन्यथा पार्टी चुपचाप नबस्ने र यसको मूल्य सत्ता गठबन्धनले चुकाउनुपर्ने बताएका छन्,।

बैठकले पार्टीकाे जिल्ला सम्मेलन भदौ १५ गते विर्तामोडमा सामना सांस्कृतिक परिवारकाे साथमा भव्य रुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय महाधिवेशन नजिकिएसँगै जिल्लामा नेकपाले आफ्नो गतिविधिलाई तिव्रता दिएको छ । purbigarjan

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article