हल्दिबारी, ३१ श्रावण । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको लागि ७६ राजनीतिक दलहरुले दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगले आज साउन ३१ गते सम्म निर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न समय दिएको थियो । आयोगले दिएको जानकारी अनुसार अन्तिम सम्ममा दल दर्ताको संख्या ७६ पुगेपनि यसमा केहि संख्या तल माथि पनि हुन सक्ने बताएको छ । पहिलो नम्बरमा दल दर्ता गर्ने सिके राउत नेतृत्वको जनमत पार्टी बनेको छ ।