हल्दिवारी , ३१ साउन । हल्दिवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालको आज बिदाई गरीएको छ । २०७७ भदौ २५ देखी गाउँपालिका प्रमुखको रूपमा कार्यरत दहाल गृह मन्त्रालयमा सरुवा भइ जानु भएको बताईएको छ ।
आज हल्दिवारी गाउँपालिकामा कर्मचारीले उनलाई बिदाई गरेका हुन । बिदाई कार्यक्रममा जनप्रतिनिधिहरुको चै उपस्थित रहेको थिएन ।
उनि प्रमुख प्रशासकीय अधिकृत भएर गाउँपालिका आउँदा लथालिङ्ग भएको गाउँपालिका देखि तत्कालीन अध्यक्ष ,उपाध्यक्ष बिचको झगडाको बिच उनले सकुशल गाउँ पालिकाको कामकारबाही अगाडि बडाएका थिए ।
आर्थिक पारदर्शी गर्दै काम गरेका प्रमुख दहाललाई गृह मन्त्रालयमा लगिएको छ भने यहा चुलाचुलि गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सुभाष श्रेष्ठलाई पठाएको छ।
झापा जिल्लामै आर्थिक पारदर्शिता कायम गर्दै बेरुजु कम गर्ने स्थानीय तहमा पहिलो नम्बर पार्न सफल दहाललाई यही शनिबार नागरिक हरुको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको छ ।
