हल्दिबारी, १ भाद्र। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहिवार कचनकवल गाउँपालिका आउने हुनु भएको छ।

अध्यक्ष ओलिले पृथ्वी नगरमा आफ्ना बुबा संग भेटघाट गरे पस्चात कचनकवल गाउँपालिका -६ बनियानी चौकमा नेकपा एमाले कचनकवल गाउँ कमिटीले आयोजना गरेको वृहत् कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सदस्य तथा एमाले युवा नेता वसन्त बानियाँले जानकारी दिनु भएको छ ।
नेकपा एमालेको पकट क्षेत्र रहदा रहदै पनि कम्जोर अवस्थामा पुगेको झापा क्षेत्र नम्बर ३ मा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईंले यही मङ्सिर ४ गते हुने निर्वाचनमा संघीय साम्सदको लागि चुनाव लड्ने सन्देश दिन ओलि कचनकवल आउन लागेको एमाले श्रोतले जनाएको छ ।

प्रसाईंको उम्मेद्बारीको चर्चा संगै नेपाली काङ्ग्रेस र राप्रपामा समेत भुकम्प जान शुरु भएको छ । प्रसाईंले आफ्ना क्षेत्रका नागरिकको लागि विशेष स्वास्थ कार्यक्रम ल्याउन लागेको चर्चाले आम नागरिकमा खुसी छाएको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई बताउँछन् ।