समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथल जंगलमा नेपालकै दुर्लभ वनस्पति ”बाँदर को लिस्नो” भेटियो { फोटोफिचर }

बाँदरको लिस्नो
फरेस्ट एक्सन नेपालको अध्ययन टोलीले जलथल जंगलमा नेपालकै दुर्लभ वनस्पतिको प्रजाति ”बाँदर को लिस्नो” भेटाएको जानकारी प्राप्त भएको छ । यो वनस्पति नेपालमा सबै भन्दा पहिले JDA Stainton ले सन् १९७९ मा पूर्वी नेपाल बाटअभिलेख गरेका थिए ।
झट्ट हेर्दा साइकल वा मोटर साइकलको चेन जस्तै देखिने यो वनस्पति हेर्दै अचम्म लाग्दो देखिन्छ , यसको लहरा (काण्ड) लाइ विभिन्न नामले अर्थ्याउन सकिन्छ । जलथलका स्थानीयले नागबेली भन्ने यसलाई पूर्वी नेपालको झापा र इलाममा नाग लहरा भानिन्छा यसको बैज्ञानिक नाम Bauhinia scandens sub sp. horsfieldi हो यो वनस्पति टाङ्कि, भोर्ला, कोइरालाको जातमा पर्दछ । नेपाल पुर्व मलेसिया सम्म यो वनस्पति पाइञ्छ ।
यो प्रजाति जलथलमा अत्यन्तै दुर्लभ छ र यसको पछाडिको एउटा कारण यसको दोहन र बिउको उमार शक्ति कम हो भन्न सकिन्छ ।हामीले डिभिजन वन कार्यालय र सामुदायिक वन संग मिलेर यसको प्रजनन गराउने काम गर्दै छौ ।
श्रोत : जलथल क्षेत्रको जैविक विविधता
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article