समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा ३ का जनताले सुर्यमा भोट दिन पाउनुपर्छ : दुर्गा प्रसाईं

हल्दिबारी, २ भाद्र।  नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सुर्यमा भोट खसाल्न पाउनुपर्ने बताएका छन् । झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रबेश तथा कार्यकर्ता भेलामा बोल्दै उनले यहाँका जनतालाई हलो र गाई भन्दै अन्यौलमा पार्न नहुने बताए । सुर्यमा भोट खसाल्न पाउनुपर्ने जनताको माग रहेको उनको भनाई थियो ।

Advertisement

बिएण्डसीका संचालक समेत रहेका प्रसाईले मंसिर ४ को चुनावमा झापा ३ का जनताले सुर्यमा मतदान गर्न पाउनुपर्ने बताएका छन् । उनले सम्बोधन गर्दै भने – अध्यक्ष ज्यू यहाँका जनताको जिज्ञासा छ, हामीले यहाँ सुर्यामा कि गाईमा भोट हाल्ने हो ?

Advertisement

झापा ३ मा एमालेको उम्मेदवारका रुपमा चर्चामा रहेका प्रसाईले आफू उम्मेदवार भए पनि नभए पनि यस क्षेत्रको दुखमा सधै उपस्थित हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले झापा ३ मा एमाले बिजयी हुने कुरामा ढुक्क हुन आग्रह समेत गरेका छन्  त्यसै गरि अाज झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रबेश  कार्यक्रमा रा.प्र.पा. र नेपाली काँग्रेस पार्टी परित्याग गरि १५०० जना एमालेमा प्रवेश गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article