हल्दिबारी, ३ भदौ । नेकपा (माओवादी केन्द्र)ले २१ जनाको पदाधिकारी बनाउने भएको छ । उपमहासचिव ७ जना र सचिव ९ जना बनाउने गरी माओवादीले पदाधिकारी संख्या टुंग्गो लगाएको हो । शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारीको संख्या करिव टुग्गो लगाएको हो ।

त्यस्तै कुन पद कति संख्याको बनाउने भन्नेमा पनि शुक्रवारको बैठकले टुग्गो लगाएको माओवादीका एक जना स्थायी समिति सदस्यले जानकारी दिए । ‘पदाधिकारी २१ सदस्यीय बनाउने विषय टुग्गो लागेको छ, पदाधिकारीभित्र पनि कुन पद कति संख्याको बनाउने भन्नेमा पनि सहमति बनेको र टुंग्गिएको छ,’ ति नेताले भने । उनका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, महासचिव १ र कोषाध्यक्ष १ जना हुनेछन् ।


पदाधिकारीमा उपमहासचिव ७ जना र सचिवमा भने ९ जना रहने गरी आजको बैठकले टुग्गो लगाएको छ । यधपी उपाध्यक्ष संख्या थप गर्ने या अहिले प्रस्तावितमा सहमति गर्ने भन्नेमा सोचेर भोलि बस्ने बैठकले अन्तिम टुग्गो लगाउने गरी शुक्रवारको बैठक सकिएको ती नेताले बताए ।