समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सृजनशिल आमा समुह हल्दिवारी आफ्नै भवनमा

 हल्दिवारी l  प्रदेश सभा सदस्य माननीय पुर्ण प्रसाद राजवंसीले हल्दिवारी गाउँपालिका – ४ मा रहेको सृजनशिल आमा समुहको नवनिर्मित भवनको आज विशेष कार्यक्रमको बीच उद्घाटन गर्नु भएको छ ।

Advertisement

माननीय राजवंंसीको संसद कोषबाट प्राप्त २० लाख रुपैयाँ र आमा समुहको ४ लाख २५ हजार रुपैयाँ बराबरको जन श्रमबाट एउटा सभाहल सहितको ३ कोठा भएको भवन निर्माण गरीएको समुहकी अध्यक्ष होमा देवी खरेल न्यौपानेले बताउनु भएको छ ।

Advertisement

२०७५ सालमा स्थापना भएको आमा समुहलाई भवन निर्माण गर्न स्थानीय आमा गोमादेवी खरेलले १० लाख मुल्य पर्ने १३ धुर जमिन निशुल्क दिनु भएको थियोे । ५० जना सदस्य रहेको समुहले रोजगारी संग जोडिने कार्यक्रम संचालन गर्न लागेको र माननीय राजवंसीको पहलमा ढाका सिलाई ,बुनाई , अचार ,मसला सम्बन्धि तालीमका साथै व्यक्ति बिकास कार्यक्रम संचालित गर्न लागेको समूहकी अध्यक्ष खरेलले जानकारी गराउनु भएको छ ।

भवन उद्घाटन कार्यक्रममा आमा समुहले माननीय पुर्ण प्रसाद राजवंसी , जग्गा दाता स्थानीय आमा गोमादेवी खरेल , सस्थाको भवन निर्माण र जग्गा सम्बन्धि कार्यमा सहयोग पुर्याउनु हुने समाजसेवी इस्वरी प्रसाद दाहाललाई संमान गरीएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article