समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको कचनकवलमा कुकुरहरूको बन्ध्याकरण शिविर संचालन

हल्दिबारि, ४ भदौ । झापाको कचनकवल गाउँपालिकाले पालिका भित्र रहेका छाडा तथा भुस्याहा कुकुरहरूको लागि  वन्ध्याकरण शिविर संचालन गरिएको छ।

Advertisement
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतका अनुसार पालिकाको ६ लाख आर्थिक सहयोगमा गाउँ पालिका भित्र छाडा छोडिएका तथा भुस्याहा कुकुरहरूको पशुशाखा मार्फत हिजो  भदौ ३ बाट बन्ध्याकरण  शुरु गरिएको हो ।
पशुशाखा प्रमुखको मशिन्द्र यादवका अनुसार नेपाल एग्रो एन्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा  भदौ ३, ४ र ५ गते सम्म संचालित शिविरबाट गाउँ पालिका भित्रका ३ सय कुकुर हरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार हिजो पहिलो दिन ६ र ७ नम्बर वडाका ९० कुकुरहरूको सफलता पुर्वक बन्ध्याकरण गरिएको थियो। फाइल फोटो

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article