समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीको विश्रान्तिघाट झाडिले घेरीएपछि ( फोटो फिचर )

हल्दिवारी, ५ भदौ । झापाको हल्दिबारी गाउँपालिका -२ देउनिया खोलामा रहेको विश्रान्तिघाट अस्तव्यस्त अवस्था रहेको पाइएको छ।

Advertisement

Advertisement
घाटको वरिपरि फोहोर र झाडीले घेरेको छ भने मलामी खाजाघर गजाडि बस्ने केन्द्र रहेको स्थानीय बताउछन् । त्यहाँ रहेको ट्वाईलेटको अवस्था झन दुरासय अवस्थामा रहेको देखिन्छ । खानेपानीको लागि  गाडिएको टुयुबेल समेत चोरी भएको छ । खाजाघरलाई झाडिले घेरीएकोले गर्दा त्यहा जान सक्ने अवस्था समेत देखिदैन ।
स्थानीय राजवंसी समाजको स्वामित्वमा रहेको खाजाघर र घाट को अस्तव्यस्त अवस्था देख्दा हल्दिबारीमा स्थानीय सरकार नरहेको आभास हुन्छ एक स्थानीयले भने, ठेक्का लागेको बाटोमा पुरपार गर्ने स्थानीय सरकारले यो घाटलाई नदेखेको हो कि लाच पचाएको हो उनले प्रस्न गरे ।
 हल्दिवारी बासीकै महत्त्व बोकेको पारुखोपी पुर्व देउनिया खोला पुल उत्तर रहेको घाटलाई  राजवंसी समाजले मात्र हेर्नु पर्ने हो कि सबै मिलेर घाटको व्यवस्थापन गर्नु पर्ने हो प्रस्न खडा भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article