हल्दिबारी, ६ भाद्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ कम्युनिस्ट पार्टीले भोलि भदौ ७ गते नेपाल बन्दको घोषणा गरेको छ।

एकीकृत जनक्रान्तीमा होमिएको नेकपा तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीति गरिरहेको नेकपालाई देउवा नेतृत्वको गठबन्धनको सरकारले सहमति विपरीत पक्राउ पुर्जी जारी गरेपछि विप्लव नेकपाले संघर्षका कार्यक्रमको घोषणा गरेको हो ।

विप्लव नेतृत्वको नेकपासँगै थप ३ राजनीतिक पार्टीले संघर्षका कार्यक्रममा एक्यवद्धता र सहकार्य गरेका छन्,। विगत लामो समयदेखि ४ क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप, जनतन्त्र, जनजिवीका, असिमित मूल्यवृद्धी, कालोबजारी, भ्रष्टाचार, कमिसनखोर, तस्करीका बिरुद्धमा संयुक्त संघर्षको दौरानमा रहेका छन्,।
नेपाल बन्दको कार्यक्रमलाई सहयोग गर्न ४ दलले संयुक्त प्रेस विज्ञप्ति जारी समेत गरेका छन्,। २०७७ साल फागुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिको बुँदा नं. ३ मा नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउन. कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको लेखिएको थियोे । तर हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्ताहरुलाई रिहाई गरिएको छैन भने मुद्दाहरु समेत खारेज गरिएको छैन ।
गठबन्धनको सरकारले सहमति कार्यनयनकाे सट्टा उल्लंघन गरेको भन्दै आक्रोशित बनेको नेकपाले अबको बाटो राज्यको व्यवहारमा भर पर्ने चेतावनी दिइसकेको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिवविप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य विषम लगाएतका नेता कार्यकर्ताहरुलाई गत साउन १६ गते ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको थियोे ।
उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएको कुरा उल्लेख गर्दै खेदजनक, पड्यन्त्रमुलक र मुलुकलाई जवरजस्त द्धन्दमा धकेल्ने नियोजित मनसायमा आधारित रहेको नेकपाले जनाएको छ। उक्त ३ बुँदे सहमति अविलम्व कार्यान्वयन र पक्राउ पुर्जी तत्काल खारेज गर्न, राष्ट्रघाती एमसिसि (MCC) सझौता र एसपिपि (SPP) परियोजनाको खारेजी गर्न, मूल्यवृद्धि खारेजी , विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धि तथा सझौताहरु खारेजी लगायतका मागहरु राखेर नेकपा सहित ४ दलले संघर्षको घोषणा गरेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।
