समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

एशियाकै जैविक बिबिधता भएको जलथल जङ्गल सफाई तथा जैविक बिबिधता अध्यन शुरु (फोटोफिचर)

 जलथल । जिल्ला बन कार्यलय झापाको निर्देशन अनुसार एसिया कै जैविक बिबिधता भएको हल्दिवारी गाउँपालिकाको ९९% भुभाग ओगटेको जलथल जङ्गल नेत्र मार्ग वरिपरि झाडी सफाइ शुरु गरिएको छ ।

Advertisement

Advertisement

           (    सफाई गर्दै   जङ्गलकोसमितिका पदाधिकारी तथा रेन्जर जीवन पाठक )

जिल्ला बन कार्यलय झापाका रेन्जर जीवन पाठकका अनुसार कालिका सामुदायिक बन र हरियाली सामुदायिक बनको सिमानामा रहेको नेत्रमार्गको १ सय मिटर वरिपरि झाडी सफा तथा बिनासकारी झारहरु निर्मुल गर्न शुरु गरिएको बताउनु भएको छ ।

एशिया कै जैविक बिबिधता भएको यश जलथल जङ्गलको अनुसन्धान शुरु भएको छ ।जलथल जङ्गललाई ५००×५०० मिटरमा भिभाजन गरि २६१ स्थान पहिचान गरि समग्र जलथल जङ्गल भित्रका बोट बिरुवा ,बनस्पतिको ,जनावर ,चराचुरुङ्गीको बिस्तृत अध्यन शुरु गरिएको हुनेछ ।

जैविक बिबिधता अध्यन टोलि सग रेन्जर जीवन पाठक ,बन समिति र स्थानीय सन्चारकर्मी )

  (  बनको बिचमा रहेको नेत्रमार्ग   ) 

नेत्रमार्गको वरिपरि हिडडुल गर्न सजिलो तथा जंगली जनावरको आक्रमणबाट बच्नलाई उक्त सफाई अनिवार्य भएकोले शुरु गरिएको पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । सामुदायिक बनको गरिब तथा बिपन्न कार्यक्रम अनुसार पाथिभरा कालिका र हरियाली सामुदायिक बनको आर्थिक सहयोगमा उक्त सफाई कार्यक्रम बन कार्यलयको निगारिमा भएको हो ।

     

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article