समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

उम्मेदवार हुने जित्न गरी लाग्नुस् , नहुने जिताउने गरी लाग्नुस् एकजुट भए कसैले हराउन सक्दैन : ओली

हल्दिबारी, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सबैले टिकट नपाउने भन्दै धैर्य गर्न आग्रह गरेका छन् ।

Advertisement

चुनावमा टिकट सीमित व्यक्तिले मात्र पाउने भन्दै टिकट नपाउनेहरूले धैर्य नगर्ने हो भने पार्टी र सम्बन्धित व्यक्तिलाई समेत क्षति हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

Advertisement

पर्सा जिल्लाका विभिन्न दलबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले उम्मेदवार हुने जित्ने गरी लाग्न र नहुने उम्मेदवारलाई जिताउने गरी लागि पर्न निर्देशन समेत दिए ।

उम्मेदवार नहुने हराउन लाग्ने हो भने घाटा सबैलाई हुने बताएको अध्यक्ष ओलीले भने , ‘ उम्मेदवार हुने जित्न लाग्नुस्, नहुने जिताउन लाग्नुस् । उम्मेदवार नहुने हराउन लाग्ने हो भने घाटा सबैलाई हो । हामी एकजुट भयौँ भने जहाँ पनि जित्न सक्छौँ । हाम्रो सरकार बन्यो भने अरू ठाउँमा अवसर मिल्छ ।’

एमाले जति एकजुट हुने हो भने कसैले हराउन नसक्ने दावी गरेका ओलीले चुनावमा अन्तर्घात गर्ने सबैको रेकर्ड राखिने समेत सचेत गराएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article