समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मलेसियाको पुर्व प्रधानमन्त्री नाजिब राजाकलाई १२ बर्ष जेल सजाय।

हल्दिबारी, भाद्र ७ गते ।  मलेसियको पुर्व प्रधानमन्त्री दातोक श्री नाजिब राजाकलाई यहाँको संघीय अदालतले १२ बर्ष जेल सजाय र २१० मिलियन जरिवाना रकम सहितको सजाय सुनाएको छ।

Advertisement

आज मंगलबार यहाँको अदालतको प्रधानन्यायाधीश तेङ्कु मैमुन तुन माटको नेतृत्वमा रहेको पाँचजना न्यायाधीशकोल प्यानलले एसाआरसि ईन्टरनेशनल एसडिएन बिएचडीको आरएम ४२ मिलियन रकम भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १२ बर्षसम्म जेल सजाय र २१० मिलियन रकम , नेपाली रुपैयाँ करिब ६ अर्ब ३० करोड रुपैयाँ जरिवाना रकम सहितको सजाय सुनाएको हो ।

Advertisement

पुर्व प्रधानमन्त्री नाजिब बिगत कैयौं बर्षदेखि भ्रष्टाचार मुद्दा खेपिरहेको थियो भने बारम्बार अदालतमा धरौटी रकम तिरेर छुटेर बाहिर हिलडुल गरिरहेको र मुद्दा लड्दै आईरहेको थियो।
तर आज मंगलबार बसेको अदालतको इजलासले नाजिबको मुद्दामा अन्तरिम सजाय सुनाएर जेल चलान गर्न आदेश दिइएको हो।

पुर्व प्रधानमन्त्री नाजिबलाई मलेसियाको सुङ्गाइबुलो कारागार ,जेलमा राखिने आदेश दिइएको बताइएको छ। तर नाजिब सुङाईबुलो जेल पुग्नु भन्दा पहिल्यै वरिपरि सञ्चारकर्मी र स्थानीयको अत्याधिक भिड जम्मा भएको सुचना पाए लगत्तै प्रहरीले काजाङ स्थित जेलमा लगेर राखेको स्थानीय मिडियामा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article