समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीमा प्रतिबन्धित लागुऔषध सहित ३ जना मानिस नियन्त्रण

हल्दिबारी, भाद्र ७ गते । मिति २०७९।०५।०६ गते अं.२१:०० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा हल्दिबारी गा.पा.वडा नं. ४ बस्ने बर्ष ३५ को जेमिल महमद संकाष्पद अवस्थामा हिडिरहेकोले शंका लागी चेक जाँच गर्दा निजको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ७ ग्राम ९२ मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई सोधपुछ गर्दा जिल्ला झापा बिर्तामोड न.पा.वडा नं.५ बस्ने बर्ष २५ को अर्जुन राजबशी, देश भारत बिहार प्रान्त किसनगञ्ज जिल्ला बस्ने बर्ष २८ को जम्सेद आलम समेत संलग्न रहेको भनि खुलाएकोले निजहरुलाई समेत मिति २०७९।०५।०७ गते १०:०० बजे जिल्ला झापा हल्दिवारी गा.पा.वडा नं.४ स्थितबाट नगद रू.७९०००।– ( उनासि हजार) र मे ६ प ५६१९ नम्बरको स्कुटी सहित नियन्त्रणमा लिई निजहरुलाई सम्मानित झापा जिल्ला अदालतबाट दिन ५ म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article