समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रोटरी क्लव अफ भद्रपुर द्वारा भद्रपुर ५ स्थित मेची नदिको पुल छेउमा स्वागत बोड स्थापना

हल्दिबारी, ९ भाद्र । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर ५ स्थित मेची नदिको पुल छेउमा स्वागत बोड स्थापना गरेको छ ।

Advertisement

सिमा नाका भारतवाट नेपाल प्रवेश गर्ने नागरिकलाइ स्वागत गर्ने उदेश्यले सो बोडको स्थापना गरीएको क्लवका पव्लीक इमेज कोअडिनेटर नितेश वर्माले वताउनुभयो ।

Advertisement

नगरपालिका र राज्यले गर्नुपर्ने काम क्लवले गरेकोमा नगर प्रमुखले क्लवलाइ धन्यवाद दिदै अन्य सामाजिक कार्यमा समेत नगरले क्लव सग हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो ।

भरखरै मात्र मेची पुलमा सडक वत्ति जडान गरी सिमा नाकालाइ उज्यालोे पार्ने कार्य वडाले गरेको र क्लवले स्वागत बोड स्थापना गरी थप सुन्दरता प्रदान गरेकोमा वडा अध्यक्ष वन्धु कार्किले वताउनुभयो ।

स्वागत बोड निर्माणमा करिव ४० हजार खर्च लागेको क्लवका प्रेसिडेन्ट नोमीनि विनोद चापागाइले जानकारी दिनु भयो।

कार्यक्रममा रोटरीयनहरु पवन श्रेष्ठ, प्रदिप सरावगी, सुरेश मित्तल लगायत सुरक्षाकर्मिहरुको उपस्थिती रहेको पाष्ट प्रेसिडेन्ट विगत ओझाले जानकारीदिनुभयो ।

क्लवका अध्यक्ष इश्वर अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article