समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा हात्तीको आक्रमणबाट २ जना घाइते , मेची प्रादेशिक अस्पतालमा उपचार हुदै

ल्दिवारी । झापाको हल्दिवारी गाउँपालिका – २ मा जंगली हात्तीको परी दुईजना घाइते भएका छन्। आज विहान करिव ४ बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसंग जम्काभेट हुँदा वडा कार्यालय पुर्व चतुरमान बस्तीका अन्दाजी ५० बर्षिय फर्सी राजवंशी र उनका ६ बर्षिय छोरासामान्य घाइते भएको र उनीहरुको मेचि प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भई रहेको वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिनु भएको छ ।

Advertisement

उनीहरु र हात्ती बीच जंकाभेट हुँदा हात्तीको पछिल्लो भागले भेट्दा उनीहरु नालिमा लडेको र अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिएका छन्।

Advertisement

रातको समयमा आएको एउटा हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको वडा अध्यक्ष राजवंसीले बताउनुभयो । हल्दिवारी गाउँ पालिकामा पछिल्लो समयमा हात्तीको आक्रमण बडदै गएको र लाखौंको धनमाल नोक्सानी हुन पुगेको स्थानीय बताउँछन् । फाइल फाेटाे

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article