समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पाथिभरा पर्यटकीय क्षेत्र जलथलको नयाँ समिति गठन : छैन महिला सहभागिता

हल्दिबारी, १३ भदौ ।  पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समिति हल्दीबारी-४ जलथलको गत भदौ ११ गते सम्पन्न साधारणसभाबाट गठित नयाँ कार्यसमितिमा महिलाहरुको प्रतिनिधित्व नभएसँगै हाल विवादित बनेको छ ।

Advertisement

साधारणसभाले हल्दीबारी-४ का वडा सचिव एवंम् निजामती कर्मचारी जय प्रसाद पोखरेल अध्यक्ष, लक्ष्मीप्रसाद ओली उपाध्यक्ष, अनिल चौहान सचिव, दिपक गैरिपिप्ली सहसचिव, योगेश कार्की कोषाध्यक्ष र सदस्यहरु युवराज भण्डारी, मानप्रसाद मोक्तान, अमृत बहादुर श्रेष्ठ रहेको नयाँ कार्यसमिति गठन गरेको हो ।

Advertisement

 तर, उक्त कार्यसमितिमा महिलाहरुको सहभागिता शुन्य रहेको छ । नेपालको संविधानले कानुन वमोजिम संचालन हुने सबै संस्था तथा समितिहरुमा अनिवार्य ३३ प्रतिशत महिला सहभागीता हुनु पर्ने व्यवस्था गरेको छ भने संस्था दर्ता ऐनले प्रमुख ३ पदमा अनिवार्य १ जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । संविधान र प्रचलित कानुनको खिल्ली उडाउँदै गठन भएको उक्त समिति तत्काल विगठन गरी कानुन वमोजिम समिति गठन गर्नुपर्ने एक स्थानीय अगुवाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article